मेरो हुटहुटी अनुसारको परिणाम आएन, अब सरकारको कार्यशैली बदल्छौँ : प्रधानमन्त्री « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

मेरो हुटहुटी अनुसारको परिणाम आएन, अब सरकारको कार्यशैली बदल्छौँ : प्रधानमन्त्री


१० पुस २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारको कार्यशैली बदलिने घोषणा गरेका छन् ।

सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले यस्तो घोषणा गरेका हुन् ।

उनले भने, ‘आज म यो सम्बोधनबाट देशवासीसामु स्वीकार गर्दछु कि सरकार असफल त भएन, तर मेरो हुटहुटीअनुसारको परिणाम पनि आएन। म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु। देश कति बन्यो भन्ने होइन, कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु। यही चिन्ता र आत्मसमीक्षाका साथ म सार्वजनिक घोषणा गर्दछु, अब सरकारको कार्यशैली बदलिनेछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस