जग्गा प्लटिङ कार्यविधिविरुद्ध सर्वोच्चमा रिट दायर « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

जग्गा प्लटिङ कार्यविधिविरुद्ध सर्वोच्चमा रिट दायर


८ पुस २०८०, आइतबार


काठमाडौँ । धनगढी उपमहानगरपालिकाले स्थानीय राजपत्रमा प्रकाशित गरेको जग्गा प्लटिङ सम्बन्धी कार्यविधिबारे सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

उपमहानगरपालिकाले ल्याएको कार्यविधिविरुद्ध कैलाली जग्गा तथा आवास विकास सङ्घका अध्यक्ष उपेन्द्रप्रसाद अवस्थीले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उक्त कार्यविधि खारेज सम्बन्धी परमादेश माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले बुधबार ११ पुसमा पेशी तोकेको छ ।

धनगढी उपमहानगरपालिका र नगर प्रमुख गोपाल हमाल समेतलाई विपक्षी बनाएर रिट दायर गरिएको हो । 

धनगढी उपमहानरपालिकाले २५ मंसिरमा स्थानीय राजपत्रमा प्रकाशित गरेको कार्यविधिमा जग्गाको प्लटिङ गर्दा सडकको चौडाइ कम्तीमा १० मिटरको हुनुपर्ने उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस