मेयर बालेनले प्रधानमन्त्रीसमक्ष राखे यस्ता तीन माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मेयर बालेनले प्रधानमन्त्रीसमक्ष राखे यस्ता तीन माग


२९ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष तीन माग राखेका छन् । महानगर दिवसका अवसरमा बालेनले तीनकुनेको मुआब्जा, खोला अतिक्रमण र दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गरिदिन प्रधानमन्त्री ‘प्रचण्ड’समक्ष माग गरेका हुन्।

शुक्रबार महानगरको २९ औँ महानगर दिवस कार्यक्रममा प्रमुख साहले सङ्घ, प्रदेश र स्थानीय तहसँग मिलेर यी तीन समस्याको समाधान गर्न माग गरेका हुन्।

उनले महानगरबाट काम पनि भइरहेको बताए। ‘हामीले गरेका काम तपाईँहरूले थाहा पाइसक्नु भएको छ, तर अझै बाँकी काम छन्, महानगरले बाचा गरेको छ। तीमध्ये विशेष तीनकुनेको मुआब्जाको विषय छ। खोला अतिक्रमणको समस्या छ। फोहोर व्यवस्थापनको दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने काम छ। प्रधानमन्त्रीज्यू यहीँ हुनुहुन्छ। सङ्घ प्रदेश र स्थानीय सरकार मिलेर यो सबै मिलाउन सकोस् भनी कामना गर्छु,’उनले भने।

महानगर प्रमुख साहले अझै ३ वर्ष कार्यकाल बाँकी रहेको भन्दै उक्त कार्यकालमा बाँकी काम गर्ने दाबी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस