सात सचिवको सरुवा, पर्यटन सचिवमा डा. काफ्ले « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सात सचिवको सरुवा, पर्यटन सचिवमा डा. काफ्ले


२८ मंसिर २०८०, बिहिबार


काठमाडौँ । सरकारले आधा दर्जन बढी सचिवहरूको सरुवा गरेको छ । बिहीवार(आज) बसेको मन्त्रिपरिषद् बैठकले संघीय मन्त्रालय तथा निकायका सचिवहरूसहित प्रदेश प्रमुख सचिवको सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार खानेपानी मन्त्रालयका सचिव राम आधार साहलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको छ भने त्यहाँका सचिव सुरेश आचार्य खानेपानीमा ल्याइएको छ ।

यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइ(जलस्रोत तथा सिँचाई) सचिव गोपालप्रसाद सिग्देल ऊर्जा, जलस्रोत तथा सिँचाइ(ऊर्जा), जल तथा ऊर्जा आयोगका सचिव सुशिलचन्द्र तिवारी ऊर्जा, जलस्रोत तथा सिँचाइ(जलस्रोत तथा सिँचाई) मन्त्रालय र केही दिन अघि मात्रै बढुवा भएकी सरिता दवाडी ऊर्जा आयोगमा सरुवा गरिएको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए ।

त्यस्तै कोशी प्रदेशका प्रमुख सचिव डा. दिपक काफ्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र त्यहाँका सचिव भरतमणि सुवेदीलाई सार्वजनिक खरिद अनुगमनको कार्यालय सरुवा गरिएको छ ।

सरुवा भएका सचिवहरूको पत्र भोली मात्रै बन्ने छ । यद्यपी अन्तिम चरणमा पत्र बनाउँदै गर्दा केही फेरबदल नहोला भन्न भने सकिँदैन ।

पछिल्लो समय कामको मूल्याङ्कनका आधारमा सचिवहरू खटनपटन हुनुपर्ने बताइँदै आइएको भए पनि कार्यान्वयनमा भने त्यसो हुन सकिरहेको देखिँदैन । तर, नतिजा आएन भनेर भन्न पनि छुटाउँदैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस