सिद्धबाबाको सफाइविरुद्ध उच्च अदालतमा पुनरावेदन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सिद्धबाबाको सफाइविरुद्ध उच्च अदालतमा पुनरावेदन


२८ मंसिर २०८०, बिहिबार


काठमाडौँ । महिला अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसला विरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दर्ता भएको छ ।

गिरीलाई सफाइ दिने गरी २७ भदौमा जिल्लाले गरेको फैसला विरुद्ध सुनसरी जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको हो । ४ कात्तिक २०७६ मा चतरास्थित आश्रममा महिला अनुयायीमाथि जबरजस्ती करणी गरेको आरोप गिरीमाथि छ ।

तर दोस्रो पटकको सुनुवाइका क्रममा जिल्ला अदालत सुनसरीका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले मुख्य प्रमाणको रूपमा पेश भएको अडियो रेकर्ड परीक्षण गर्ने विज्ञको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सफाइ पाउने फैसला गरेको थियो ।

यसअघि २२ मंसिर २०७७ मा जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश (हाल उच्च अदालतका न्यायाधीश) अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाइ दिएको थियो । त्यसका विरुद्ध वादी पक्ष उच्च अदालत पुगेको थियो ।

उच्च अदालत विराटनगरले प्रमाण नबुझी फैसला गरेकाले थप प्रमाण बुझेर फैसला गर्नु भन्दै मुद्दालाई जिल्लामै फर्काएको थियो । दोस्रो पटककको फैसला विरुद्ध पनि सरकारी वकिलको कार्यालय उच्च अदालत गएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस