कम्युनिष्टको एकता आजको आवश्यकता : महासचिव गुरुङ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कम्युनिष्टको एकता आजको आवश्यकता : महासचिव गुरुङ


१८ मंसिर २०८०, सोमबार


रुकुमपश्चिम । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले नेपालमा रहेका कम्युनिष्ट विचारधारा बोकेका राजनीतिक दलको एकता आजको आवश्यकता रहेको बताएका छन् । आज रुकुमपश्चिममा प्रेस सेन्टर नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी रहेको बताए । 

‘पूर्वमाओवादी घटकको एकताको कुरा भइरहेको छ । सामाजवादी मोर्चामा पनि त्यो कुरा भएको छ । नेपाल समाजवादी पार्टीसँग एकता गर्न त कार्यदल नै निर्माण भएको छ । माओवादी केन्द्रको नेतृत्वमा नै पार्टी एकता हुन्छ’, गुरुङले भने। जनताले पनि माओवादी घटक एक भएको हेर्न चाहेको उनले बताए । 

नेपालमा रहेका कम्युनिष्टमा वैचारिक कुरामा केही नमिले जस्तो देखिए पनि ती कुरालाई मिलाउन सकिने महासचिव गुरुङले बताए । ‘कम्युनिष्टमा अन्तर द्वन्द्व हुनु राम्रो होइन । यसले नेपालमा रहेका कम्युनिष्टलाई नै समस्या बनाउँछ । कुनै न कुनै समयमा हामी एक भएर काम गर्नु पर्छ’, उनले भने । 

Tags :
प्रतिक्रिया दिनुहोस