उपरथी थापाको शैक्षिक प्रमाण पत्र नक्कली भएको भन्दै अख्तियारमा उजुरी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उपरथी थापाको शैक्षिक प्रमाण पत्र नक्कली भएको भन्दै अख्तियारमा उजुरी


११ मंसिर २०८०, सोमबार


अख्तियार

काठमाडौँ। उपरथी निर्मल कुमार थापाको शैक्षिक प्रमाण पत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । पूर्वसैनिक अधिकृतहरूले उपरथी थापाको प्रवीणता प्रमाण पत्र तहको शैक्षिक प्रमाण पत्र भारतको गोरखपुर हाईस्कुलबाट ल्याइएको नक्कली भएको भन्दै छानबिनका लागि आयोगमा निवेदन दिएका हुन् ।

थापाले २०४० सालमा एसएलसी उत्तीर्ण गरी अमृत साइन्स कलेज लैनचौरमा भर्ना भइ प्रथम वर्ष नै अनुत्तीर्ण भएपछि भारतको गोरखपुरबाट नक्कली प्रमाण पत्र ल्याइ त्यसैको आधारमा २०४३ सालमा नेपाली सेनामा भर्ना भइ हाल उपरथी भई सिरियामा कार्यरत रहेको निवेदनमा उल्लेख छ ।

उनले आफ्ना सिनियरहरुको पदोन्नति रोकी विभिन्न सञ्चार माध्यममा भ्रामक कुरा सम्प्रेषण गरी आफ्नो स्वार्थ सिद्ध गर्ने गरेको र पुस ३ गतेबाट रिक्त हुने रथी पदको लागि दाबेदार भइ बसेका निवेदकहरूको भनाई छ । 

अख्तियारप्रति विश्वस्त रही सत्य निरूपणका लागि निवेदन पेश गरेको उनीहरूले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस