टिकटक बन्द गर्नु समाधान होइन, नियममा ल्याउन सक्नुपर्छ : मेयर साह « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

टिकटक बन्द गर्नु समाधान होइन, नियममा ल्याउन सक्नुपर्छ : मेयर साह


२८ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जाल टिकटक बन्द गरेर मात्र समस्या समाधान नहुने बरु यसलाई नियममा ल्याउनुपर्नेमा जोड दिएका छन्।

सरकारले नेपालमा टिकटक बन्द गर्ने घोषणा गरेपश्चात् मेयर साहको यस्तो टिप्पणी आएको हो।

उनले मंगलबार समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाल सरकारलाई मेरो अनुरोध टिकटक मात्र हैन अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन, नियममा ल्याउनु प्रयास गर्नुहोला करको दायरामा ल्याएर गलत गर्ने कुरालाई सेन्सर गर्ने आफ्नो संयन्त्र विकास गर्नुहोला’, ‘बन्द समाधान हैन। यो बन्दलाई टिकटकसँग नियमन गर्नलाई दरो आधार बनोस्, मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस्।’

Tags :
प्रतिक्रिया दिनुहोस