प्रिमियर कप फाइनल : नेपालद्वारा यूएई सामू २८१ रनको लक्ष्य प्रस्तुत « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

प्रिमियर कप फाइनल : नेपालद्वारा यूएई सामू २८१ रनको लक्ष्य प्रस्तुत


७ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । एसिसी यु १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले यूएई सामू दुई सय ८१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ८० रन बनायो । 

नेपालका लागि देव खनालले सर्वाधिक एक सय रनको महत्त्वपूर्ण योगदान दिए । 

उनले ९२ बल खेल्दै ९ चौका र ३ छक्का प्रहार गरे । 

त्यस्तै उत्तम थापा मगरले ५७ रन जोडे भने अर्जुन कुमालले ५५ रन बनाए । 

अर्जुन र देवले तेस्रो विकेटका लागि एक सय २५ रनको उत्कृष्ट शतकीय साझेदारी गरे । दीपक डुम्रेले २८ रन बनाए भने दीपेश कँडेलले १०, दीपक बोहराले पाँच, हेमन्त धामीले सात तथा विशाल विक्रम केसी तीन रनमा आउट भए ।

युएईका लागि हरित शेठ्ठीले पाँच विकेट लिए भने कप्तान आयन खानले दुई विकेट लिए । 

यूएई अहिले जवाफी व्याटिङमा उत्रेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस