सिंहदरवारमा सतर्कताको छड्के, काज स्वीकृत गरेर गएका भेटिए ३२८ कर्मचारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सिंहदरवारमा सतर्कताको छड्के, काज स्वीकृत गरेर गएका भेटिए ३२८ कर्मचारी


१ कार्तिक २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारमा छड्के अनुगमन गरेको छ । नेपालीहरूको महान् चाँड दसैँ नजिकिँदै गर्दा कर्मचारीहरू बिदा अघि नै घर गएका समाचारहरू बाहिरिएसँगै वास्तविकता बुझ्न सतर्कता केन्द्रबाट टोली खटिएको थियो ।

बुधवार विभिन्न ३१ वटा मन्त्रालय, आयोग, विभाग तथा सिंहदरवार भित्रका निकायहरूमा कार्यरत कर्मचारीहरूलाई दर्शै बिदा शुरु हुनुभन्दा एक हप्ता अगाडी र बिदा समाप्त भएको मितिले एक हप्ता पछाडि सम्म काजमा खटिएका कर्मचारीहरूको अनुगमन गर्दा ३२८ जना कर्मचारीको काज स्वीकृत भएको केन्द्रका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए । काजमा खटिएका कर्मचारीहरू अत्यावश्यक सेवाको अनुगमन गर्ने लगायतको कार्यमासमेत खटेको पाइएको पौडेलेको भनाई छ ।

यसरी काजमा जाने कर्मचारीहरूमा सबैभन्दा धेरै अधिकृत मुनिका कर्मचारी रहेका छन् भने प्राविधिक अड्डामा केही कम देखिएका छन् । र, निकायगत रूपमा हेर्दा प्रशासन हेर्ने सहसचिव अलि कडा भएको निकायमा काजमा कडाइ गरिएको देखिएको छ ।

टाढा घर भएका कर्मचारीहरू यही दसैँको अवसर पारेर अलि छिटै जान खोज्ने पहिल्यै देखि चल्दै आएको छ । तर, पछिल्लो समय भने पायक पर्ने ठाउँमा अनुगमनसमेत गर्दा सरकारी कामसमेत देखिने भएकोले यसलाई त्यति ठुलो इस्यू बनाई हाल्नु पर्ने विषय नभएको प्रशासकहरू बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस