गैरआवासीय नेपालीलाई सरकारले प्रदान गर्‍यो नागरिकता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गैरआवासीय नेपालीलाई सरकारले प्रदान गर्‍यो नागरिकता


३० आश्विन २०८०, मंगलबार


काठमाडौँ । सरकारले गैरआवासीय नेपालीलाई नागरिकता वितरण अभियानको शुभारम्भ गरेको छ ।

बालुवाटारमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुल आचार्य र बद्री केसीलाई नागरिकता प्रदान गर्दै गैरआवासीय नागरिकता वितरणको सुरुआत गरेका हुन् ।

गत जेठमा नागरिकतासम्बन्धी ऐन संशोधन भएपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको हो । नागरिकता प्राप्त गरेपछि उनीहरूले ईश्वर, देश र जनताको नाममा शपथ लिनुपर्ने छ।

गत भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको नेपाल नागरिकता नियमावली तेस्रो संशोधनमा शपथको व्यवस्था राखिएको छ ।

गत जेठ १७ गते सरकारले नागरिकता ऐनमा गैरआवासीय नेपालीले नागरिकता पाउन सक्नेगरी संशोधन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस