बागलुङमा आगलागीबाट एक जनाको मृत्यु « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बागलुङमा आगलागीबाट एक जनाको मृत्यु


२७ आश्विन २०८०, शनिबार


ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका–४ नुवाकोटस्थित रामबहादुर मल्लको ढुङ्गामाटोले बनेको गोठमा आगलागी हुँदा मानवीय क्षति भएको हो । मृतकको सनाखत हुन सकेको छैन ।

गए राति १ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । राति नै इलाका प्रहरी गलकोटको टोली आगो निभाउन घटनास्थलमा पुगेको थियो । आगो के कसरी लाग्यो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस