३२५ अर्ब राजस्वको बक्यौता असुलीको प्रगति विवरण पेश गर्न लेखा समितिको निर्देशन  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

३२५ अर्ब राजस्वको बक्यौता असुलीको प्रगति विवरण पेश गर्न लेखा समितिको निर्देशन 


२४ आश्विन २०८०, बुधबार


काठमाडौँ । सार्वजनिक लेखा समितिले सरकारलाई महालेखा परीक्षकको ६० औँ प्रतिवेदनले देखाएको ३२५ अर्ब राजस्वको बक्यौता असुलउपरको प्रगति विवरण तत्काल समितिमा पेश गर्न निर्देशन दिएको छ ।

समितिको बुधबार बसेको बैठकले समग्र अर्थतन्त्रका समस्या समाधान गर्न भएका प्रयास, राजस्व सङ्कलन, राजस्व बक्यौता असुलउपर लगायतका विषयमा सरकारबाट भएका प्रयासका बारेमा लिखित प्रतिवेदन पेश गर्न भनेको हो ।

समिति सभापति ऋषिकेश पोखरेलले भने, ‘महालेखापरीक्षकको कार्यालयको ६० औँ प्रतिवेदनमा ३२५ अर्ब राजस्वको बक्यौता रहेको देखिन्छ । राजस्व बक्यौताको असुली प्रगति विवरण कस्तो छ रु तत्काल असुली गर्न नसक्नुको कारण के हो ?’

घट्दो पुँजीगत खर्च र बढ्दो साधारण खर्चले स्वस्थ अर्थतन्त्र व्यवस्थाको संकेत नगरेको भन्दै उनले भने, ‘तमाम प्रश्नको लिखित र प्रमाणित प्रतिवेदन समितिको सचिवालयमा दर्ता गर्न पत्रमार्फत भनेका छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस