काँग्रेसको बीपी साहित्य महोत्सवका लागि ३७ सदस्यीय मूल तयारी समिति गठन « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

काँग्रेसको बीपी साहित्य महोत्सवका लागि ३७ सदस्यीय मूल तयारी समिति गठन


१८ भाद्र २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसले भदौ २४, २५ र २६ गते मनाउने बिपी साहित्य महोत्सवका लागि सहमहामन्त्री बद्री पाण्डेको संयोजकत्वमा ३७ सदस्यीय मूल तयारी समिति गठन गरेको छ ।

समितिमा कवि तीर्थ श्रेष्ठ, श्रवण मुकारुङ, डा. नवराज लम्साल, डा. रत्नमणि नेपाल, डा. शैलेन्द्रप्रकाश नेपाल, राजेन्द्र पराजुली सदस्य छन् । त्यस्तै पुष्पा भुसाल, मीन विश्वकर्मा, डा. डिला सङ्ग्रौला, योगेन्द्र चौधरी, मधु आचार्य, मदनबहादुर अमात्य, अब्दुल सतार, नैनसिंह, राजीव ढुङ्गाना, दिलमान पाख्रिन, प्रकाश रसाइली, रंगमती शाही पनि सदस्य छन् ।

त्यस्तै हरिशरण नेपाली, प्रा. डा. गोविन्दराज पोखरेल, नानु बास्तोला, नृपबहादुर वड, विद्यादेवी तिमल्सिना, उर्मिला थपलिया, इन्द्रबहादुर बानियाँ, दुर्लभ थापा, सवुज बानियाँ, जितेन्द्र श्रेष्ठ पनि सदस्य रहेका छन् ।

त्यस्तै सन्ध्या पहाडी, सोझो गाउँले, मनोजमणि आचार्य, डिल्लीराम सुवेदी, प्रकाश लामिछाने, तीर्थबहादुर थापा, गोकुल लिम्बु परशुराम पोखरेल र प्रताप पौडेल पनि सदस्य छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस