ट्राफिक नियम उल्लङ्घन गर्ने साढे २५ हजार बढी सवारी कारबाहीमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ट्राफिक नियम उल्लङ्घन गर्ने साढे २५ हजार बढी सवारी कारबाहीमा


१२ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । एक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने साढे २५ हजार बढी सवारी साधनलाई कारबाही गरिएको छ। 

आर्थिक वर्ष २०७९-८० मा ट्राफिक नियम नमानेका २५ हजार आठ सय ५२ सवारी साधनलाई कारबाही गरिएको हो। सबै भन्दा बढी १३ हजार १३७ ट्रकलाई कारबाही गरिएको हो। यस्तै दोस्रोमा जिप र कार गरी ४ हजार ९५४ र त्यति नै संख्यामा मोटरसाईकलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।  

बस १ हजार ५८६, ट्याक्टर १ हजार १६०,  टेम्पु १६१ कारबाहीमा परेका हुन। सो कारबाहीबाट जिल्ला ट्राफिक कार्यालयमा एक वर्षमा १ करोड ७७ लाख ११ हजार राजस्व सङ्कलन भएको प्रहरीको भनाइ छ । गत आबमा कुल १ सय ९ सवारी दुर्घटना भएको जसमा ५५ जनाले ज्यान गुमाएका छन। सबै भन्दा बढी मोटरसाइकल ७७ वटा दुर्घटना भएको थियो। जसमा २५ जनाको ज्यान गएको थियो। बस र ट्रक गरी ३६ वटा दुर्घटना भएकोमा ६ जनाको ज्यान गएको थियो। मादक पदार्थ सेवन गरी सवारी चलाएका ६ सय २८ सवारीलाई कारबाही गरिएको थियो।

जसमा मोटरसाइकल ३ सय ७६ मोटरसाइकल र टेम्पु र ट्याक्टर ३८ वटालाई कारबाही गरी मापसेबाट कुल ६ लाख २८ हजार राजस्व सङ्कलन भएको थियो। सवारी चालक यात्रुहरूसँग अन्तरक्रिया गरी ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक अभियान र ट्राफिक नियममा कडाई गरिए पछि जिल्लामा दुर्घटनाको संख्यामा समेत कमी आएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस