अमर्यादित टिप्पणी गरेको भन्दै ब्युटिसियनको प्रदर्शन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अमर्यादित टिप्पणी गरेको भन्दै ब्युटिसियनको प्रदर्शन


९ श्रावण २०८०, मंगलबार


काठमाडौँ । ब्युटिसियन पेसामाथि आँच आउने गरी झुटो आरोप लगाएको भन्दै नेपाल ब्युटिसियन सङ्घले प्रदर्शन गरेको छ।

मङ्गलवार माइतीघर मण्डलामा आफ्नो पेसालाई नै बदनाम गर्ने हेतुले प्रचारबाजी गराउने काम भएको भन्दै ब्युटिसियनहरू प्रदर्शनमा उत्रिएका हुन्। व्यूटीसियन सेवा लिन जाँदा अध्यागमन विभागमा कार्यरत एक महिला अधिकृतले आफ्नो पेशामाथि नै अमर्यादित शब्द प्रयोग गरेको उनीहरुको भनाई छ ।

प्रदर्शनकारीले ट्रेड युनियन अधिकार जिन्दाबाद ,नेपाल ब्युटिसियन सङ्घ जिन्दाबाद, गृहको कर्मचारीले अनैतिक दबाब दिन मिल्दैन,सम्मानजनक पेसा व्यवसाय गर्न पाउँ, गृह जनताको हो कर्मचारीको होइन,गृह सचिवले पदीय दुरुपयोग गर्न पाउँदैन, गृहको उच्च पदाधिकारीबाट गरिएको चरम पदीय दुरुपयोग बन्द गर, पदको दुरुपयोग गरी प्रहरी परिचालन गर्न मिल्दैन जस्ता नाराहरू सहितका प्ले कार्डहरू बोकेका थिए।

चाबहिलको केएल टावरमा रहेको ‘फेसियल हाउस’मा सेवा लिन जाँदा कपडा चेन्ज गर्ने कोठामा सिसिटिभी राखेको देखेपछि महिलाले लुगा चेन्ज गर्ने रूपमा किन सिसिटिभी ? भनेर प्रश्न गरेकी थिइन् । तर विवाद बढ्दै गएपछि उनी गौशाला प्रहरी वृत्तमा जाहेरी दिन पुगेकी थिइन् र सञ्चालक विरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको छ । तर प्रहरीले भने सञ्चालकलाई पक्राउ गरेको छैन भने व्यूटीसियनहरु सञ्चालकको बचाउमा लागेका छन् ।

सेवा लिन जाने महिला एक सरकारी अधिकारी हुन् तर उनी सरकारी कामले नभई व्यक्तिगत रूपमा सेवा गएकी थिइन् र चेन्जिङ रूपमा सिसिटिभी देखिएपछि आपत्ति जनाएकी थिइन् तर ब्यूटिसियनहरुले भने सरकारी कर्मचारी भन्ने शब्द जोडेर यो विषयलाई विषयान्तर गर्न खोजेको अधिकारीहरुले बताइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस