प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय निर्वाचनमा १५ दिनमात्र प्रचार गर्न पाउने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय निर्वाचनमा १५ दिनमात्र प्रचार गर्न पाउने


१९ असार २०८०, मंगलबार


काठमाडौँ । निर्वाचन आयोगले कानूनबाट नै निर्वाचन प्रचार प्रसारको अवधि किटान गर्ने गरी विधेयकको मस्यौदा तयार पारेको छ।

आयोगले पारित गरेको निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदामा प्रतिनिधिसभा र स्थानीय तहको निर्वाचनका लागि पन्ध्र दिन प्रचारप्रसारको अवधि तोकिएको छ।

यसअघि निर्वाचन आयोगले आफैँ निर्णय गरेर प्रचार प्रसारको अवधि तोक्ने गरेको थियो। दलहरूले प्रतिनिधि सभाको निर्वाचनको उम्मेदवारी दर्तासँगै प्रचार प्रसार सुरु गर्ने गरेका कारण निर्वाचन महँगो हुने अवस्था बनेको थियो।

आयोगको प्रस्तावित मस्यौदामा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि सात दिन समय तोकिएको छ।

त्यस्तै, राष्ट्रिय सभा निर्वाचनका लागि पनि सात दिनको समय तोकिएको छ। प्रदेशसभा निर्वाचनका उम्मेदवारले पनि प्रचारका लागि पन्ध्र दिनको समय पाउनेछन्।

आयोगले अन्तर्राष्ट्रिय प्राक्टिसका आधारमा यसपटक कानूनमा नै समय निर्धारण गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस