सकियो बजेटमाथिको छलफल, अर्थमन्त्रीले भोलि जवाफ दिने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सकियो बजेटमाथिको छलफल, अर्थमन्त्रीले भोलि जवाफ दिने


२८ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । आर्थिक वर्ष २०८०-८१ बजेटमाथिको छलफल सकिएको छ ।

प्रतिनिधि सभामा बजेटमाथि आइतबार (आज) सम्म सांसदले बोल्ने कार्यक्रम रहेको थियो । सोहीअनुसार आजदेखि बजेटमाथिको छलफल सकिएको सभामुख देवराज घिमिरेले बताएका छन् ।

आजसम्म बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. प्रकाशशरण महतले भोलि (जेठ २९ गते) दिने भएका छन् । भोलि दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित भएको सभामुख घिमिरेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस