सलाम गर्छु बालेनजीलाई, हामी झोलेलाई वडाध्यक्षको स्तरमा पुर्‍याइदिनुभयो : काँग्रेस सांसद  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सलाम गर्छु बालेनजीलाई, हामी झोलेलाई वडाध्यक्षको स्तरमा पुर्‍याइदिनुभयो : काँग्रेस सांसद 


२८ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद दीपक गिरीले नागरिकले सांसदको विधायिकी भूमिका नबुझ्ने र अहिले पनि विकास, निर्माणको प्रतिनिधि नै स्वीकारेको बताएका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै उनले आम नागरिकले सांसदको भूमिका नचिनेको र विकास निर्माणको अपेक्षा गर्ने बताएका हुन्।

‘म त सलाम गर्छु बालेनजीलाई, उहाँले हामी झोलेलाई वडा सदस्यको स्तरमा पुर्‍याइदिनुभयो,’ उनले भने, ‘हामी त झोले हौँ। राति बूढी आमाको फोन आउँछ, सांसद बाबु दुईवटा खसी पालेको एउटा मर्‍यो, केही पाइन्छ कि ? पहिरो गए, आगलागी भए पनि जनताले खोज्ने हामी सांसद नै हुन्।’

सांसद विकास कोषको बचाउ गर्दै उनले अहिले कमसेकम ५ करोड भने पनि एउटा निर्वाचन क्षेत्रमा पुगेको बताए।

‘कम गाह्रो छ, राति फोन आउँछ। अन्यथा नमान्नुहोला, जलपान खाएको फोन आउँछ, अब त चिन्न छाड्नुभयो होला ? चिन्नुहुन्न होला ? नेपाली स्तर यस्तो छ, आफू पनि जलपान गरेको भए त झगडा पर्न सक्छ। हा… भन्नुस्। अवस्था यस्तो छ नेपालको ? अहिले २५ औँ फोन आएको छ, आफूले त हेरेको पनि छैन, त्यो रातो किताब हो कि के हो ? पहिले पहिले त आउँग्थ्यो, हैन सांसदज्यू देश खत्तम छ कि के हो ? विकास खै ? कता के जवाफ दिने ? सांसदज्यूहरूको वह हो यो ?,’ उनले भने।

Tags :
प्रतिक्रिया दिनुहोस