मेयर बालेनले कार्यकक्षमा राखियो ग्रेटर नेपालको नक्सा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मेयर बालेनले कार्यकक्षमा राखियो ग्रेटर नेपालको नक्सा


२५ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन्।

बिहीबार सभा गृहस्थित रहेको मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको हो । नेपालको नक्सा पुरानो भइसकेको हुँदा ग्रेटर नेपालको नक्सा राखी पुनः स्थापना गरिएको बताइएको छ ।

भारतको नयाँ संसद भवनमा ग्रेटर इन्डियाको नक्सा राखेपछि बालेनको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको हो ।

मेयर बालेन शाह भने अहिले भारतको बैंगलुरूमा छन‍्‍।

Tags :
प्रतिक्रिया दिनुहोस