कोशीमा पहिचानवादीसँग वार्ता गर्न समिति गठन « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

कोशीमा पहिचानवादीसँग वार्ता गर्न समिति गठन


२४ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । कोशी प्रदेश सरकारले प्रदेश नामकरणको विरोधमा आन्दोलन गर्दै आएकाहरूसँग वार्ता गर्न तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।

बुधबार प्रदेश सरकारले पहिचानवादी समूहसँग वार्ता गर्नका लागि खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा तीन सदस्य वार्ता टोली गठन गरेको हो ।

समितिको सदस्यमा सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी र सरकारका प्रवक्तासमेत रहेका कृषिमन्त्री भक्तिप्रसाद सिटौला छन् ।

फागुन १७ गतेको प्रदेशसभाबाट प्रदेशको नाम कोशी पारित भएदेखि पहिचान पक्षधरले पुनः नामकरण सङ्घर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका छन् । पछिल्लो समय उनीहरूको आन्दोलन आक्रामक बन्दै गएपछि सरकार पक्षले वार्ताका लागि आह्वान गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस