जनप्रतिनिधि र कर्मचारीसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जनप्रतिनिधि र कर्मचारीसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


२३ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनप्रतिनिधि र कर्मचारीसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

मुगुको छायाँनाथ रारा नगरपालिकामा सडक निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध अविशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । 

अख्तियारले आज तीनजना प्रतिनिधि, तीन कर्मचारी र उपभोक्ता समितिका तीन पदाधिकारीविरुद्ध आयोगले मुद्दा दायर गरेको हो। वास्तविक रूपमा भए गरेको 

आयोगले तत्कालीन नगर प्रमुख हरिजंग शाही, तत्कालीन नगर उपप्रमुख सुन्तला रोकाया, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पीताम्बर सारू, इन्जिनियर महेशसिंह कठायत र असिस्टेन्ट सब-इन्जिनियर हस्तबहादुर मल्ल र वडा नम्बर ७ का सदस्य पशुपति शाहीविरुद्ध मुद्दा दायर गरेको हो। 

बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष रामप्यारी शाही, कोषाध्यक्ष नानी कामी र सचिव साधना मल्लविरुद्ध पनि मुद्दा दायर भएको छ। आर्थिक वर्ष ०७४-७५ मा यस्तो अनियमितता भएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस