अल्पमतमा परेपछि अध्यादेशबाट बजेट ल्याउँदै कोशी सरकार  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

अल्पमतमा परेपछि अध्यादेशबाट बजेट ल्याउँदै कोशी सरकार 


२३ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । अल्पमतमा परेको कोशी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी थालेको छ। 

मङ्गलवार माओवादीले सरकार छाड्दै समर्थन पनि फिर्ता लिएपछि एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकार अल्पमतमा परेको हो।

बुधबार प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम पेस गर्ने र असार १ मा बजेट ल्याउने तयारीमा सरकार थियो। तर, नीति कार्यक्रम संसदमा पेस हुनुभन्दा अघिल्लो दिन माओवादीले साथ छाडेपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने भएको हो। 

एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले नयाँ परिस्थितिमा नयाँ ढङ्गले बजेट ल्याउने तयारी भएको बताएका छन्।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री भक्तिप्रसाद सिटौलाले भने बजेट ‘मूलबाटोबाटै आउने’ बताएका छन्।

माओवादी केन्द्रले मुख्यमन्त्री कार्कीको साथ छाडेपछि प्रदेशसभा अनिश्चितकालका लागि स्थगित भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस