नेपाली बैंकमा अलपत्र करोडौँ भारतीय रुपैयाँबारे संसदमा उठ्यो प्रश्न « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपाली बैंकमा अलपत्र करोडौँ भारतीय रुपैयाँबारे संसदमा उठ्यो प्रश्न


२२ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । एमाले सांसद सुनिता बरालले नेपाली बैंकमा अलपत्र अवस्थामा रहेको भारतीय रुपैयाँको विषयमा चासो राखेकी छिन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा उनले नेपाल-भारत क्रस बोर्डर डिजिटल पेमेन्टको विषय उठाउँदै सो विषयमा प्रश्न राखेकी हुन्। संयुक्त राष्ट्रसङ्घले नै भूपरिवेष्ठित मुलुकले पाउने अधिकारका विषयमा प्रस्ट पारेको भन्दै बरालले प्रधानमन्त्रीलाई सोसम्बन्धी ‘कन्भिन्सन अफ द ल अफ सी’ अध्ययन गर्न सुझाव दिइन्।

‘अग्निपथ योजनाका बारेमा तपाईँले केके विषय उठाउनुभयो रु क्रस बोर्डर ट्रान्सफरको कुरा भइरहेको छ। नेपाली बैंकमा अलपत्र रहेको करोडौँ भारतीय रुपैयाँका बारेमा के-कस्ता सहमति भए ? नेपाली भूमिका विषयमा संयुक्त राष्ट्रसङ्घको कन्भिन्सन अफ द ल अफ सिले भूपरिवेष्ठित मुलुकले पाउने अधिकारका विषयमा प्रस्ट बोलेको छ। त्यो अध्ययन गरेर जानु भएको भए राम्रो हुन्थ्यो । कुन विज्ञले तपाईँलाई त्यति ठूलो प्राधिकार दिएर पठायो जान्न चाहन्छु,’ उनले भनिन्।

सांसद बरालले प्रधानमन्त्रीको भ्रमणमा न्यूनतम कूटनीतिक मर्यादा समेत पालना नगरेको भन्दै आपत्ति जनाइन्।

Tags :
प्रतिक्रिया दिनुहोस