ब्याटिङ गर्ने क्रममा नेपाली ओपनर लोकेश बम घाइते « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

ब्याटिङ गर्ने क्रममा नेपाली ओपनर लोकेश बम घाइते


१६ बैशाख २०८१, आइतबार


काठमाडौँ । दोस्रो टी-२० खेलमा वेष्ट इण्डिजविरुद्ध ब्याटिङ गर्ने क्रममा नेपाली ओपनर लोकेश बम घाइते भएका छन् ।

खुट्टामा समस्या भएपछि उनलाई मैदानबाटै स्ट्रेचरमा राखेर बाहिर ल्याइएको छ । लोकेश रिटायर्ड हर्ट भएपछि उनको स्थानमा अनिल साह मैदान प्रवेश गरेका छन् ।

१६१ रनको लक्ष्य पछ्याएको नेपालका लागि लोकेश र कुशल भुर्तेलको जोडीले ओपनिङ गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस