एमालेका सचिवसहित ७४ जनाले दिए राजीनामा « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

एमालेका सचिवसहित ७४ जनाले दिए राजीनामा


२२ जेष्ठ २०८०, सोमबार


बुटवल । नेकपा (एमाले) सिद्धार्थनगर नगर कमिटीका सचिवसहित ७४ जनाले सामूहिक राजीनामा दिएका छन् ।

सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी पार्टीको जिल्ला नेतृत्वले पार्टी सुधारको मागलाई बेवास्ता गरेको भन्दै नगर सचिव नारायणप्रसाद भण्डारीसहित नगर कमिटी र विभिन्न जन वर्गीय सङ्गठनका पदाधिकारीले राजीनामा दिएको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले एक महिनाअघि पार्टीमा गर्नुपर्ने सुधारको माग राख्दै नेतृत्वलाई १० बुँदे मागसहित सुझाव पत्र पेस गरेको बताए ।

जिल्ला नेतृत्वले त्यसलाई बेवास्ता गरी उल्टै व्यक्तिगत लाञ्छना र कारबाहीको धम्की दिँदै गुटगत सोचले अघि बढेपछि राजीनामा दिनुपरेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस