गृहमन्त्रीलाई भेटेर लैंगिक अल्पसङ्ख्यकले गरे नागरिकता समस्या सम्बोधन गर्न माग « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

गृहमन्त्रीलाई भेटेर लैंगिक अल्पसङ्ख्यकले गरे नागरिकता समस्या सम्बोधन गर्न माग


२८ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग लैंगिक अल्पसङ्ख्यकहरूले भेटेर नागरिकताको समस्या सम्बोधन गर्न माग गरेका छन् ।

उनीहरूले नागरिकता पाउनका लागि झेल्नुपरेको समस्याबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै स्वअनुभूतिका आधारमा नागरिकता पाउने व्यवस्था गर्न माग गरेका हुन् ।

उनीहरूले सुरक्षा निकाय (प्रहरी र सशस्त्र प्रहरी) मा लैंगिक तथा यौनिक अल्पसङ्ख्यकले पनि सहभागिता जनाउन पाउने व्यवस्था गरिदिन पनि गृहमन्त्री लामिछानेलाई आग्रह गरे ।

भेटमा भेटमा मन्त्री लामिछानेले यो समाजमा सबैका अधिकारी बराबर भएको बताए ।

‘यो समाजमा मेरो जति अधिकार छ तपाईँहरूको पनि त्यति नै छ । हरेक व्यक्तिले आफ्नो अधिकार निर्बाध प्रयोग गर्न पाउनु पर्छ भन्नेमा सचेत छु। सरकार पनि सचेत छ। जुन समाजमा लैंगिक अल्पसङ्ख्यकको सम्मान हुँदैन त्यो समाज बस्नयोग्य हुँदैन’, उनले भने, ‘हामी नागरिकता कार्यविधिमा छलफल गर्ने तयारीमा छौँ । उक्त छलफलमा तपाईंहरुलाई पनि निमन्त्रणा गर्छौँ। तपाईँहरूका समस्या तपाईँहरूकै प्रतिनिधिबाट सुनेर सरकारले आगामी योजना बनाउनेछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस