गगनलाई रविले भने-मैले ऋण मागेको प्रमाण देखाउनुस् राजनीति छाड्छु, नसके तपाईँले छाड्नुपर्छ « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

गगनलाई रविले भने-मैले ऋण मागेको प्रमाण देखाउनुस् राजनीति छाड्छु, नसके तपाईँले छाड्नुपर्छ


२८ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काँग्रेसका महामन्त्री गगन थापालाई आफूले सहकारीमा ऋण मागेको प्रमाण देखाउन चुनौती दिएका छन् ।

प्रतिनिधि सभाको बैठकमा काँग्रेसको निरन्तर अवरोधपछि सदन स्थगित भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै त्यो प्रमाण देखाए आफू समिति होइन राजनीति नै छाड्ने बताए ।

उनले भने, ‘माननीय गगन थापाले आज गृहमन्त्रीले आफैँले हस्ताक्षर गरेर ऋण मागेको मसँग प्रमाण छ भन्नुभयो । मेरो चुनौती उहाँले त्यो प्रमाण दिनुभयो भने संसदीय समिति त के कुनै ठूलो कुरा होइन, किर्ते गरेको कुरा होइन, मैले लोन माग्नको लागि निवेदन दिएर ऋण मागेको प्रमाण छ भन्नुभएको छ नि त्यो दिनुभयो भने म राजनीति छोड्दिन्छु दिन सक्नुभएन भने उहाँले राजनीति छाड्नुपर्ने हुन्छ ।’

संसदीय समिति सामान्य कुरा हो । त्यो भन्दा पहिला म सदनमा बोल्न पाउनुपर्छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री थापाले गृहमन्त्री आफू संलग्न नभए समिति बनाउन गृहमन्त्री किन किन डराएको ? किन आत्तिएको ? भन्दै प्रश्न गरे ।

उनले भनेका थिए, ‘गृहमन्त्रीमाथि कहीँ अभियोजन भएको छैन, अनुसन्धान भएको छैन भनेर झुट बोल्ने रु रुपन्देही प्रहरी कार्यालयले गरेको अनुसन्धान, त्यहाँको अदालतमा भएका प्रमाणहरू पेस गरौँ ? सहकारीमा आफैँले लिखित गरेर माग फारम भरेर ऋण लिएको प्रमाण पेस गरौँ ? एक अर्ब रुपैयाँ अपचलन गरेका प्रमाणहरू पेस गरौँ ?’

Tags :
प्रतिक्रिया दिनुहोस