प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा पदीय मर्यादाको उल्लङ्घन गरे : भीम रावल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा पदीय मर्यादाको उल्लङ्घन गरे : भीम रावल


१८ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले भारत भ्रमणको क्रममा पदीय मर्यादाको उल्लङ्घन गरेको बताएका छन्।

प्रधानमन्त्रीले भ्रमणको आरम्भमा नै भारतीय सुरक्षा सल्लाहकार र सचिव स्तरका कर्मचारीहरूसँग वार्ता गरेर अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यास विपरीत भएको उनको भनाइ छ।

उनले ट्वीटरमा लेखेका छन्, ‘प्रम प्रचण्डले भारत भ्रमणको आरम्भमा नै भारतीय सुरक्षा सल्लाहकार र सचिव स्तरका कर्मचारीहरूसँग वार्ता गरेर अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यास र पदीय मर्यादाको उल्लङ्घन गर्नुभएको छ। प्रम प्रचण्ड समकक्षी प्रमसँग वार्ता गर्न जानुभएको हो कि भारतीय कर्मचारीसँग ? अफसोस, देशको झुकेको शिर।’

Tags :
प्रतिक्रिया दिनुहोस