भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा दायर भएका मुद्दाहरूमा भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । 

विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये कागजात सच्चाई गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आज पुनरावेदन गरिएको हो । 

शेष अव्वास, चन्द्रदेव ठाकुर, सवरुन खातुन, आरिफ हुसेन, सदनकुमार कर्ण र दुर्गादत्त पौडेल प्रतिवादी रहेको उक्त मुद्दामा पुनरावेदन गरिएको आयोगका प्रवक्ता भोला दाहालले जनाकारी दिएको छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस