नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा शीतल निवास अगाडि प्रदर्शन, ८ जना पक्राउ « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा शीतल निवास अगाडि प्रदर्शन, ८ जना पक्राउ


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने ८ जना पक्राउ परेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा शीतल निवास अगाडि प्रदर्शन गरेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले नागरिकताविधेयकको विरोधमा नाराबाजी समेत गरेका थिए । राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण रोकेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस