प्रधान सेनापति शर्माले भने-देशमा ठूलो सुरक्षा चुनौती छैन « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

प्रधान सेनापति शर्माले भने-देशमा ठूलो सुरक्षा चुनौती छैन


२५ बैशाख २०८१, मंगलबार


काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले देशमा ठूलो सुरक्षा चुनौती नरहेको बताएका छन् । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रधान सेनापति शर्माले देशमा ठूलो सुरक्षा चुनौती नरहेको बताएका हुन् ।

संवेदनशील भूराजनीतिक अवस्था, खुला सिमाना, जलवायु परिवर्तन, श्रम आप्रवास, साइबर थ्रेट, एआई प्रविधिबाट सिर्जित सुरक्षाका केही चुनौतीहरू देखापरे पनि समाधान नै गर्न नसक्ने प्रकारका कुनै पनि चुनौती नरहेको उनले स्पष्ट पारे ।

उनले कहिलेकाहीँ धार्मिक, सांस्कृतिक तथा जातीय पहिचानको आधारमा केही घटनाहरू हुने गरे पनि ती समस्याहरूलाई स्थानीय स्तरमै राजनीतिक दलहरूले मिलाउने गरेका बताए । उनले देशको राजनीति तरल अवस्थामा रहने हुँदा नेपाली सेना यसप्रति सधैँ चनाखो भएर बस्ने गरेको बताए ।

उनले मङ्गोल नेशनल अर्गनाइजेस र पहिचानवादीहरू बेलाबेलामा आन्दोलित हुने गरे पनि राष्ट्रिय समस्याको रूपमा नरहेको स्पष्ट पारे । त्यस्तै दुर्गा प्रसाईँ नेतृत्वको समूहले पनि बेलाबेलामा गतिविधि गरेको भन्दै ती गतिविधिले सुरक्षालाई कुनै असर नपुर्‍याएको उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस