प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चबाट दरपिठ « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चबाट दरपिठ


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । संवैधानिक परिषद्सम्बन्धी ऐनबिना नै प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको भन्दै उक्त सिफारिस खारेज गर्न माग गर्दै पेस भएको रिट सर्वोच्च अदालतबाट दरपिठ भएको छ ।

वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई नियुक्त गर्न सिफारिस गरेको थियो । परिषद्को उक्त निर्णयविरुद्ध जेठ ७ गते नै सर्वोच्चमा वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले रिट पेस गरेका थिए । उक्त रिट १० दिनसम्म पनि न दर्ता भएको थिएन ।

यसरी सर्वोच्चमा रिट पेस भएको १० दिनसम्म पनि कुनै निर्णय नभएको भन्दै रिट निवेदकले बुधबार दिउँसोका लागि पत्रकार सम्मेलन आह्वान समेत गरेका थिए । तर, सर्वोच्च प्रशासनबाट बुधबार बिहानै उक्त रिट दरपिठ भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस