रेशमको मुद्दा न्यायाधीश आनन्द मोहनको इजलासमा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

रेशमको मुद्दा न्यायाधीश आनन्द मोहनको इजलासमा


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । रेशम चौधरीको सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको आज सुनुवाइ हुँदैछ।

उनीमाथि परेको मुद्दा न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा परेको छ। उनको मुद्दा अन्तिममा रहेकोले आज सुनुवाइ हुन सक्ने सम्भावना कम रहेको छ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिद्वारा चौधरीको सजाय मिनाहा गर्ने निर्णयविरुद्ध टीकापुर घटनाबाट पीडित शारदा कडायत बोहोराले मङ्गलवार सर्वोच्चमा रिट दर्ता गरेकी थिइन्। कडायत टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस