बजेटका राम्रा कार्यक्रम ढाकेर सांसद विकास कोषको मात्र प्रचार गरेको भन्दै अर्थमन्त्रीले पोखे गुनासो « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बजेटका राम्रा कार्यक्रम ढाकेर सांसद विकास कोषको मात्र प्रचार गरेको भन्दै अर्थमन्त्रीले पोखे गुनासो


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्षको बजेटले आर्थिक अवस्था सुधार गर्ने दाबी गरेका छन् ।

आर्थिक पत्रकार समाज सेजनले बुधबार आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै मन्त्री महतले आर्थिक वर्ष २०८०/८१ को बजेटले आमूल परिवर्तन गर्न नसके पनि आर्थिक सुधार गर्ने बताएका हुन् ।

उनले सङ्कटपूर्ण आर्थिक अवस्था सुधारमा ठूलो काम हुने बताए ।
बजेटको अहिलेको आकारभन्दा पनि ठूलो बनाउन आफूलाई दबाब आएको बताउँदै उनले परिस्थितिका कारण केही ठूलो बजेट बनेको पनि बताए ।

तर मिडियाले बजेटका राम्रा कार्यक्रम ढाकेर सांसद विकास कोषको प्रचार गरेको गुनासो गर्दै मन्त्री महतले भने, ‘सांसद विकास कोषलाई मिडियामा बजेटका राम्रा कार्यक्रम ढाकेर प्रचार भयो, यो कोष होइन, कार्यक्रम हो, त्यही अनुसार बुझौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस