रेशम चौधरीलाई कैदमै राख्न माग गर्दै सर्वोच्च रिट दायर  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

रेशम चौधरीलाई कैदमै राख्न माग गर्दै सर्वोच्च रिट दायर 


१६ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । टीकापुर घटनामा मारिएकामध्ये एक प्रहरी अधिकारीकी श्रीमतीले पूर्व सांसद रेशम चौधरीको कैद माफीविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएकी छन् । 

राष्ट्रपतिबाट कैद माफीसँगै चौधरी सोमवार रिहा भएपछि मृतक केशव बोहराकी श्रीमती शारदा कडायतले त्यसविरुद्ध मङ्गलवार रिट निवेदन दायर गरेकी हुन् । 

गणतन्त्र दिवसको अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार चौधरीसहित ५०१ जना कैदीलाई माफी दिएका थिए।

रिट माथि सुनुवाइका लागि बुधवार इजलासमा पेस गरिने अदालत प्रशासनले जनाएको छ।

निवेदनमा कैद मिनाहाका लागि सिफारिस गर्ने मन्त्रिपरिषद्‌को निर्णय र त्यसबमोजिम माफी दिने राष्ट्रपति कार्यालयको निर्णय “प्रथम दृष्टिमै बदरभागी रहेको” दाबी गरिएको छ।

“‘कैद मुक्त गर्ने कार्य उत्प्रेषणको आदेशबाट बदर गरी विपक्षी रेशमलाल चौधरीलाई कैलाली जिल्ला अदालत समेतका फैसलाहरूबमोजिम कैदमै राखी संविधानवाद, कानुनी शासन, मानव अधिकारको संरक्षण, दण्डहीनताको अन्त्य गर्नू भनी विपक्षीहरूका नाममा परमादेश, प्रतिषेधलगायत जो चाहिने आज्ञा/आदेश वा पुर्जी जारी गरी हक प्रचलन गरिपाऊँ,” रिट निवेदनमा भनिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस