रेशमलाई आममाफी दिएको विरोधमा प्रदर्शन, सरकार र राष्ट्रपतिविरुद्ध चर्को नाराबाजी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रेशमलाई आममाफी दिएको विरोधमा प्रदर्शन, सरकार र राष्ट्रपतिविरुद्ध चर्को नाराबाजी


१६ जेष्ठ २०८०, मंगलबार


स्याङ्जा । सरकारले गणतन्त्र दिवसका दिन जेठ (१५) गते टिकापुर घटनाका मुख्य आरोपित डिल्ली बजारमा आजीवन कारावासको सजाय भोगिरहेका रेशमलाल चौधरीलाई आम माफी दिएको छ ।

रेशमलाई सरकारले आममाफी दिएसँगै कतिले सरकारको समर्थन गरेका छन् त कतिले विरोध गरेका छन् ।

त्यस्तै स्याङ्जाको पुतली बजारमा पनि चौधरीलाई आममाफी दिएको प्रति विरोध प्रदर्शन भइरहेको छ । पुतली बजार नगर कमिटी युवा सङ्घले र्‍यालीसहित विरोध प्रदर्शन गरेका हुन्।

गणतन्त्र दिवसको अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई आममाफी दिएपछि चौधरी सोमबार बिहान रिहा भए ।

एमालेको भातृ सङ्गठन युवा सङ्घसहित एमाले नेता सम्मिलित समूहले प्ले कार्ड बोकेर नारा लगाउँदै मुख्य बजार परिक्रमा गरेका छन्।

टीकापुर घटनाका मुख्य दोषी चौधरीलाई तीन तहका अदालतले दोषी ठहर गरेको अवस्थामा सरकारले षडयन्त्रपूर्वक दिइएको आममाफीविरुद्ध विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरूले सरकार र राष्ट्रपतिविरुद्ध चर्को नारा लगाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस