मेयर बालेनद्वारा गणतन्त्र दिवसको समारोह बहिष्कार « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मेयर बालेनद्वारा गणतन्त्र दिवसको समारोह बहिष्कार


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । गणतन्त्र दिवसका अवसरमा आज टुँडिखेलमा आयोजित समारोह काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले अघोषित बहिष्कार गरेका छन् ।

केही समययता संघीय सरकारसँग असन्तुष्ट रहेका मेयर बालेन कार्यक्रममा अनुपस्थित रहेका छन् । उपमेयर सुनिता डङ्गोल पनि कार्यक्रममा उपस्थीत नभएको बताइएको छ ।

हरेक वर्ष गणतन्त्र दिवसका दिन आयोजना गरिने औपचारिक समारोहमा उच्चपदस्थहरूलाई आमन्त्रण गर्ने गरिन्छ । काठमाडौँका मेयर र उपमेयरको पनि अनिवार्य उपस्थिति रहँदै आएको छ । तर, यसपालि मेयर साह र उपमेयर सुनिता डङ्गोल दुवै कार्यक्रममा अनुपस्थित रहे ।

समारोह आयोजनाका लागि हरेक वर्षजस्तै प्रधानमन्त्रीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस