आइओएम मिनि ओलम्पिकको दोस्रो संस्करण जेठ १० देखि « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

आइओएम मिनि ओलम्पिकको दोस्रो संस्करण जेठ १० देखि


१८ बैशाख २०८१, मंगलबार


काठमाडौँ । आइओएम मिनि ओलम्पिकको दोस्रो संस्करण जेठ १० देखि हुने भएको छ । 

आइओएम मिनि ओलम्पिक कमिटी महाराजगञ्ज चिकित्सा क्याम्पसले ‘ह्वेयर प्यासन मिट्स प्रिजर्भेन्स एण्ड च्याम्पियन राइज एभोब’ भन्ने नारासहित खेल महोत्सव गर्न लागेको हो । प्रचार कमिटीका प्रमुख हिमाल आचार्यले आइओएम मिनि ओलम्पिक खेल महोत्सव यो वर्ष जेठ १० गतेदेखि १३ गतेसम्म हुन लागेको जानकारी दिए । 

उनका अनुसार महोत्सवअन्तर्गत फुटबल, क्रिकेट, भलिबल, बास्केटबल, एथ्लेटिक्स, टेबलटेनिस, चेस, ब्याडमिन्टन, साइक्लिङ र स्वीमिङ गरी १० खेलहरू हुनेछन् । 

देशभरका मेडिकल कलेजहरूबाट इच्छुक विद्यार्थीहरूको सहभागिताको अपेक्षा राख्दै आवश्यक व्यवस्था मिलाइएको प्रचार कमिटीका प्रमुख आचार्यले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस