छापियो ३२ लाख स्मार्ट लाइसेन्स, कालोपत्रे भयो साढे १७ हजार किलोमिटर सडक  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

छापियो ३२ लाख स्मार्ट लाइसेन्स, कालोपत्रे भयो साढे १७ हजार किलोमिटर सडक 


१४ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । नेपालमा गत फागुनसम्म करिब ३२ लाख इलेक्ट्रोनिक स्मार्ट लाइसेन्स छापिएको छ ।

आइतबार अर्थमन्त्री डा. प्रकाशरण महतले संसदमा पेस गरेको आर्थिक सर्वेक्षणमा गएको फागुनसम्म ३२ लाख ३१ हजार ४७५ स्मार्ट लाइसेन्स छापिएको उल्लेख छ । 

यस्तै, गत फागुनसम्म दुईलाख ५७ हजार ३९४ इम्बोस्ड नम्बर प्लेट छापिएको छ । तीमध्ये ५१ हजार १९ थान जडान भइसकेको छ ।

आर्थिक सर्वेक्षणको तथ्यांकअनुसार फागुनसम्म नेपालमा १७ हजार ४८० किलोमिटर सडक कालोपत्रे भएको छ । 

सात हजार ९५६ किलोमिटर ग्राबेल र ८ हजार ६६४ किलोमिटर कच्ची सडक रहेको छ । फागुनसम्म संघीय सरकारले ३४ हजार १ सय किलोमिटर सडक निमार्ण गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस