पूर्वप्रधानमन्त्रीको स्वकीय सचिवमाथि छानबिन गर्न माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पूर्वप्रधानमन्त्रीको स्वकीय सचिवमाथि छानबिन गर्न माग


१० जेष्ठ २०८०, बुधबार


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको भनी आरोपितले दिएको बयानका आधारमा पूर्वप्रधानमन्त्रीको स्वकीय सचिवमाथि समेत छानबिन गर्न माग गरेका छन् ।

कुन प्रधानमन्त्रीको को स्वकीय सचिव भन्ने नखुलाएरै उनले भने, ‘आएजीपी, पूर्वसचिव, पूर्व मेयर, पूर्वप्रधानमन्त्रीको स्वकीय सचिवको समेत नाम जोडिएको छ । नो इफ नो बट सबैमाथि तुरुन्त छानबिन होस्।’

यो प्रकरणमाथि अनुसन्धान अगाडि बढ्दा उत्साहित भएको उनले बताए ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा ब्लगबस्टर फिल्म नै हेर्न पाइन्छ भनेर प्रधानमन्त्रीले देखाउनु भएको ट्रेलरको आधारमा उत्साहित भइयो’ उनले थपे, ‘तर यो फिल्मको दृश्य यति काँटछाँट गरिँदैछ कि फिल्म त साह्रै बकवास हुन थालेको छ ।’

काँटछाँट गरिएको फिल्म हेरेर रास्वपा नबस्ने भन्दै उनले नाम जोडिएको भनिएका आएजीपी, पूर्वसचिव, पूर्वमेयर, पूर्वप्रधानमन्त्रीको स्वकीय सचिव समैमाथि छानबिन गर्न माग गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस