लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको मनसाय छैन : मन्त्री शर्मा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको मनसाय छैन : मन्त्री शर्मा


९ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले लोककल्याणकारी विज्ञापनबापत मिडियाले पाउने रकम नरोकिने बताएकी छन् ।

मङ्गलवार नेपाल पत्रकार महासङ्घ, उपत्यका प्रदेश समितिको ज्ञापनपत्र बुझ्दै मन्त्री शर्माले जुनसुकै हालतमा पनि लोककल्याणकारी विज्ञापनबापतको रकम उपलब्ध गराइने प्रतिबद्धता जनाएकी हुन् ।

“अहिले रकम कटौती गरेकोभन्दा पनि विनियोजित बजेटको रकम नपुगेको हो । हामीले जेठ १ गते नै अर्थ मन्त्रालयमा पत्र पठाएर अपुग रकम माग गरेका छौँ, अर्थबाट रकम आउने छ । यदि आएन भने पनि मन्त्रालयले आन्तरिक व्यवस्थापन गरेर रकम उपलब्ध गराउनेछ, लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको मनसाय छैन,” उनले भनिन् ।

मन्त्रालय जहिल्यै पनि नेपाली मिडियाको हक अधिकारको पक्षमा भएको जनाउँदै मन्त्री शर्माले भनिन्, “तपाईँहरूलाई म यति विश्वास दिलाउँछु, यो रकम जसरी पनि उपलब्ध गराइने छ ।”

उनले आन्दोलनमा रहेको पत्रकार महासङ्घको उपत्यका प्रदेश समितिलाई आन्दोलन रोक्नसमेत आग्रह गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस