१० दलको बैठक सिंहदरवारमा जारी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

१० दलको बैठक सिंहदरवारमा जारी


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । सिंहदरवारमा सत्तारूढ गठबन्धनमा रहेका १० दलको बैठक बसिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा सुझाव माग्न सत्ता समर्थक १० दलको बैठक बोलाएका हुन्।

बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायत पार्टीका नेताहरू सहभागी छन्।

सत्तारूढ दलहरूको सुझावलाई समेटेर नीति कार्यक्रम परिमार्जन र समृद्ध तुल्याइने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस