नवनियुक्त तीन मन्त्रीको शपथ आज « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

नवनियुक्त तीन मन्त्रीको शपथ आज


२१ बैशाख २०८०, बिहिबार


काठमाडौँ । नवनियुक्त तीन मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

बुधबार नेपाली कांग्रेसबाट मन्त्री बनेका धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बुले आज शपथ लिने भएका छन् ।

राष्ट्रपति कार्यालयमा दिउँसो ३ बजे नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण समारोह राखिएको छ। उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउनेछन्।

कांग्रेसले मन्त्री बन्ने तीन जनाको नाम पठाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार आठौंपटक मन्त्रिपरिषद् विस्तार गरेका थिए।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बु नियुक्त भएका छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस