यार्सागुम्बा टिप्न गएका एक जनाको कठ्याङ्ग्रिएर मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

यार्सागुम्बा टिप्न गएका एक जनाको कठ्याङ्ग्रिएर मृत्यु


१८ बैशाख २०८०, सोमबार


काठमाडौँ । बझाङमा यार्सागुम्बा टिप्न गएका एक जनाको मृत्यु भएको छ।

सुर्मा गाउँपालिका-३ सौनगाँउका कलक बोहराको आइतबार साँझ चिसोले कठ्याङ्ग्रिएर उनको मृत्यु भएको हो ।

कठ्याङ्ग्रिएर बिरामी परेपछि घर ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

सुदूरपश्चिमका हिमाली जिल्ला दार्चुला र बझाङका अधिकांश मानिसहरू अहिले यार्सागुम्बा टिप्न लेकतिर गएका छन्।

पछिल्लो समय यार्सागुम्बा यहाँका मानिसहरूका लागि आयआर्जनको स्रोत बनेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस