कर्णाली प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

कर्णाली प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य


१७ बैशाख २०८१, सोमबार


काठमाडौँ । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य गरिएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो ।

तेस्रो अधिवेशनमा ११ वटा बैठक बसेका छन् भने १२ घण्टा ५६ मिनेट समय खर्च भएको छ । तेस्रो अधिवेशनको पहिलो बैठक फागुन ३० गते सुरु भएको थियो ।

प्रदेश प्रमुख तिलक परियारले दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य गरिएको पत्र प्रदेशसभा सचिवालयमा पठाइएको थियो । प्रदेश प्रमुख परियारले संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गरेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस