सुकुम्वासी बस्तीको संरक्षण किन भन्दै बालेनले गरे गृहमन्त्रीलाई प्रश्न  « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

सुकुम्वासी बस्तीको संरक्षण किन भन्दै बालेनले गरे गृहमन्त्रीलाई प्रश्न 


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अवैध संरचनाको संरक्षण गरेको भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले उच्च अदालतले बागमती सभ्यताकोविरुद्ध बस्ती नहटाउन परेको रिटमा अन्तरिम आदेश जारी नभएको भन्दै बस्ती संरक्षण गर्ने कानुन र नैतिकताको बारेमा उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठ समक्ष प्रश्न गरेका हुन् । कुनै कानूनले कसैमाथि अन्याय गरिरहेको छ भने तत्काल कानून परिवर्तन गर्न सार्वजनिक अपिल गरेर प्रक्रिया सुरु गर्न मेयर साहले भनेका छन् ।

कानून बमोजिमको शासन व्यवस्था अँगाल्न आग्रह गर्दै उनले भनेका छन्, ‘यस तर्फ कुनै पनि कदम नचाली वैधानिक रूपमा नै यति भइसक्दा पनि कुन कानून र नैतिकताका आधारमा यस्ता अवैध संरचना संरक्षण गर्नु हुन्छ ? कसरी कानुनी राज्यको अनुभूति दिलाउनु हुन्छ गृहमन्त्री ज्यू ?’

Tags :
प्रतिक्रिया दिनुहोस