मेयरले गाडी नियन्त्रणमा लिएपछि ठेकेदारले गरे काम सुरु गर्ने प्रतिबद्धता « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

मेयरले गाडी नियन्त्रणमा लिएपछि ठेकेदारले गरे काम सुरु गर्ने प्रतिबद्धता


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । निर्माण कार्य रोकिएको सुनसरीको तरहरादेखि सेउती पुलसम्मको खण्डको काम सुरु गर्न ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ ।

६ लेन सडक परियोजना अन्तर्गत उक्त निमार्ण कार्य सुरु गरीले ठेकेदार कम्पनीले लिखित प्रतिबद्धता जनाएको हो ।

इटहरी उपमहानगरपालिकाले केही दिनअघि ठेकेदारको सवारी साधन नियन्त्रणमा लिएपछि ठेकेदार कम्पनीले बुधबार तीन दिनभित्र काम थाल्ने प्रतिबद्धता जनाएको हो । 

सम्बन्धित समाचार : निर्माणको काम सुस्त भएपछि ठेकेदारको गाडी मेयरको नियन्त्रणमा

काम रोकिएपछि उपमहानगरपालिकाले निर्माण कम्पनी र छ लेन सडक आयोजना कार्यालयलाई छलफलमा बोलाएको थियो ।

निर्माण कम्पनी हिम धुङ् थोकर एण्ड प्यासेफिक जेभीका प्रतिनिधि ठाकुर कँडेलले केन्द्रीय ल्याबबाट कालोपत्रे गर्नका लागि ल्याबको रिपोर्ट १२ दिनसम्म आइपुग्ने बताउँदै आइतबारदेखि कालोपत्रेको तयारी सुरु गर्ने बताए ।

६ लेन सडक विस्तार आयोजनाका प्रमुख दानबहादुर शाक्यका अनुसार ठेकेदार कम्पनीले द्रुत गतिमा काम सुरु गरे असारसम्म निर्माण सकिनेछ ।

पछिल्लो पटक निर्माणका लागि २०८० असार मसान्तसम्मको समय अवधि थपिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस