काठमाडौँका सबै ठाउँका सीसीटीभीको व्यवस्था गर्न माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काठमाडौँका सबै ठाउँका सीसीटीभीको व्यवस्था गर्न माग


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँका सबै ठाउँका सीसीटीभीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

बुधबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले यस्ताmे माग गरेका छन् । 

काठमाडौँमा दिनदहाडै हत्या हुने क्रम बढ्दै गइरहेको उल्लेख गर्दै उनले शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन संघीय सरकार र काठमाडौँ महानगरपालिकाले मिलेर सबै ठाउँमा सीसीटीभी जडान गर्नुपर्ने बताए । 

महामन्त्री थापाले कपनस्थित सरस्वती नगरमा एक महिलाको दिनहदाडै हत्या भएको सात दिन बित्दा लाग्दा पनि सरकारले घटनाको सत्यतथ्य बाहिर ल्याउने र दोषीलाई कारबाही गर्ने काम गर्न नसकेकोमा आक्रोश समेत व्यक्त गरेका छन् ।  

महामन्त्री थापाले सो घटनाको सत्यतथ्य तत्काल बाहिर ल्याएर दोषीमाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराए । 

Tags :
प्रतिक्रिया दिनुहोस