नियमसंगत छात्रवृत्ति उपलब्ध गराउन निजी विद्यालयलाई काठमाडौँ महानगरको ध्यानाकर्षण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नियमसंगत छात्रवृत्ति उपलब्ध गराउन निजी विद्यालयलाई काठमाडौँ महानगरको ध्यानाकर्षण


९ बैशाख २०८०, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले नियमसंगत रूपमा विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन र सोको विवरण वेबसाइट तथा सूचना पाटीमा टाँस्न निर्देशन दिएका छन् । 

  निजी तथा संस्थागत विद्यालयहरूले उपलब्ध गराउनु पर्ने छात्रवृत्ति नियमसंगत रूपमा उपलब्ध नगराए कानुन बमोजिम कारबाही हुने उनले बताएका छन् । 

शनिबार सामाजिक सञ्जालमार्फत उनले छात्रवृत्तिबारे सचेत रहन विद्यार्थी तथा अभिभावकलाई पनि आग्रह गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस